Background Image

Bikram: My Journey

"Bikram: My Journey" — याे मेराे व्यक्तिगत तथा सार्वजनिक जीवनका अनगिन्ती अनुभव, भोगाइ, र ज्ञानको एउटा बृहत् डिजिटल मञ्च हो।

पेसाले म   व्यावसायिक फोटोग्राफर हुँ , मैले विगत तीन दशकभन्दा लामो समयदेखि स्टुडियो सञ्चालन, विभिन्न सामाजिक समारोह तथा वेडिङ फोटोग्राफीमा आफ्नो जीवन समर्पित गरिरहेकाे छु। मलाइ  फोटोग्राफी, फोटो स्टुडियो व्यवस्थापन, नविनतम फोटो प्रविधि, र मल्टिमिडिया कन्टेन्ट क्रिएसनमा रूचि छ ।

यस ब्लगमा मैले मुख्यतया निम्न विषयवस्तुहरूलाई समेट्ने गरेकाे छु 

  • व्यक्तिगत जीवनका पानाहरू: बाल्यकालका स्मृति, शिक्षा, करियरको आरोह-अवरोह, पारिवारिक दायित्व, र व्यक्तिगत विकासका जीवन्त पाटाहरू।

  • सार्वजनिक र सामाजिक जीवन: समाजसेवा, संस्थागत नेतृत्व, सामाजिक स्मृति, र समसामयिक सान्दर्भिक जानकारीहरू।

  • फोटोग्राफी र प्रविधि: ३० वर्षभन्दा बढीको व्यावसायिक अनुभवबाट खारिएका फोटोग्राफीसम्बन्धी विशेषज्ञता, उपयोगी टिप्स, नयाँ ट्रेन्ड्स, र प्रयोगात्मक ज्ञानहरू।

  • इतिहास र साहित्य: इतिहास र साहित्यप्रतिको गहिरो रुचि, निरन्तर अध्ययन, विश्लेषण, र सिर्जनात्मक साहित्यिक सामग्रीहरू।

  • स्वास्थ्य र सचेतना: क्यान्सर जस्तो गम्भीर रोगसँगको पारिवारिक सङ्घर्ष, उपचारका क्रममा सँगालेका अनुभव, र समाजलाई सचेत गराउने स्वास्थ्यसम्बन्धी शिक्षात्मक तथा सूचनामूलक सामग्रीहरू।

  • संस्कृति र परम्परा: नेपाली कला, संस्कृति, प्राचीन इतिहास, र हाम्रा अमूल्य परम्पराहरूको विस्तृत विश्लेषण र जानकारी।

यी सबै विषयहरूमा मैले आफ्ना व्यक्तिगत अनुभव, सत्य-तथ्य सूचना, र व्यावहारिक जानकारीहरूलाई अत्यन्तै सरल, स्पष्ट र उपयोगी रूपमा पस्कने जमर्को गर्नेछु ।

यस ब्लगको उद्देश्य: पाठकहरूलाई व्यक्तिगत तथा सार्वजनिक जीवनका विविध आयामहरूबारे उपयोगी सूचना र प्रेरणादायी अनुभव प्रदान गर्नु यसको मुख्य ध्येय हो। साथै, फोटोग्राफी, इतिहास, साहित्य, स्वास्थ्य सचेतना, र सामाजिक स्मृतिसम्बन्धी आफ्नो विज्ञतालाई समाजसँग निस्वार्थ रूपमा साझा गर्नु पनि यसको उद्देश्य रहेको छ।

"Bikram: My Journey" — यो केवल एउटा साधारण ब्लग मात्र होइन; यो त एउटा जीवनको भोगाइ, एक व्यावसायिक साधकको ज्ञान, र एक सचेत सामाजिक व्यक्तिको सङ्घर्ष र स्मृतिको जीवित दस्तावेज हो।

जब कुरुवा आफैँ 'आधा डाक्टर' बन्छ: क्यान्सर यात्राको एउटा जीवन्त भोगाइ
2026-06-25

अचानक आइलागेको क्यान्सरको आँधी, उपचारका क्रममा भोगिएका मेडिकलका त्रुटिहरू, अन्धविश्वासको खेती गर्ने जडीबुटी व्यापारीहरूको 'लुटको धन्दा' र चिकित्सा विज्ञानको वास्तविक शक्तिबारे मेरो आफ्नै जीवनको भोगाइ। यदि तपाईंको परिवारमा पनि कोही बिरामी हुनुहुन्छ भने, कुरुवा (Caregiver) ले भुल्नै नहुने यी संवेदनशील कुराहरू अवश्य पढ्नुहोला।

Read Article
क्यान्सरको पीडा र भ्रमको खेती
2026-06-25

निष्कर्ष: हाम्रो पुरातन ज्ञान, इतिहास र आस्थालाई हामीले नकार्नु हुँदैन, किनकि यसले हामीलाई बलियो आत्मबल दिन्छ। तर, विश्वासले सही बाटो देखाउने मात्र हो, वास्तविक उपचार त विज्ञानले नै गर्ने हो।

Read Article
क्यान्सर जित्ने मन्त्र: आत्मबल, सजगता र सही उपचार विधि | Cancer Awareness
2026-06-14

क्यान्सरको उपचार एउटा समूहको प्रयास (Team Work) हो, जहाँ सर्जन, मेडिकल अंकोलोजिस्ट र रेडिओलोजिस्टको समन्वय हुनुपर्छ। उपचार गर्ने शल्यचिकित्सक (Surgeon) को अनुभव र नेपाल मेडिकल काउन्सिल (NMC) नम्बर सहित उनको पृष्ठभूमिबारे आवश्यक अध्ययन गर्नु बिरामीको अधिकार हो।​अस्पतालभित्रै औषधिको सहज व्यवस्थापन हुनुपर्छ ताकि आफन्तले औषधि खोज्दै भौंतारिनु नपरोस्। यदि कुनै चिकित्सकले 'अस्पतालमा औषधि महँगो छ, बाहिरबाट किन्नुस्' भन्छन् भने तत्काल अस्पताल प्रशासनमा उजुरी गर्नुपर्छ। बाहिर जथाभाभी बेचिने औषधिमा कमिसनको खेल हुन सक्छ र त्यो नक्कली (Duplicate) हुने जोखिम समेत रहन्छ। त्यसैले औषधि मान्यताप्राप्त र अनुमतिप्राप्त मात्रै प्रयोग गर्नुपर्छ। कुनै एउटा अस्पतालको व्यवस्था राम्रो लाग्यो भन्दैमा हतारिनु हुँदैन; दोस्रो अस्पतालमा पनि 'क्रस चेक' गरेर अनुमानित लागतको तुलना गर्नु बुद्धिमानी हुन्छ।

Read Article
क्यान्सरसँगको सङ्घर्ष र जीवनको आधुनिक रामायण
2026-06-10

हाम्रै परिवारलाई किन क्यान्सर भयो? मैले त्यस्तो के पाप गरेको थिएँ? यदि यो पूर्वजन्मको फल हो भने, पूर्वजन्ममा पनि मैले के कस्तो महापाप गरेको थिएँ? पछिल्लो समय यी प्रश्नहरूले मेरो मस्तिष्कलाई बारम्बार गिजोलिरहन्थे। तर, यसको सबै निवारण र चित्तबुझ्दो उत्तर अन्ततः रामायणले नै दियो।

Read Article
Cancer Can Shake Us, But It Cannot Break Us: A Caregiver's Journey and Awareness Diary
2026-06-06

विश्व बजारबाट क्यान्सरको नाममा चलिरहेको माफियातन्त्रलाई चटक्कै तहस-नहस पारिदिने हो भने सिङ्गो संसारमा एउटा ठूलो आर्थिक मन्दी छाउनेछ। किनकि आज यो संसारमा तेल बेच्नेले पनि 'यो क्यान्सर रोगीले खाने तेल' भन्दै बेचेको छ, खाट बेच्नेले 'यो क्यान्सर बिरामीका लागि अति उपयोगी खाट' भन्दै व्यापार गरेको छ, र लुगा बेच्नेले समेत 'यो क्यान्सर प्रतिरोधी कपडा' भनेर बजार पिटेको छ। अब त केवल यति मात्र बाँकी होला— यो ठाउँको जग्गा किनेर बस्नुहोस्, यहाँको हावाले क्यान्सर निको पार्छ भन्न मात्र बाँकी छ!"

Read Article
" मेराे कथा मेरै शब्दमा गुनासाे कसैलाइ छैन "
2023-09-20

काष्ठमण्डपको गणेश मूर्तिमा चढाइएका लड्डु मेरो बिहानको नास्ता हुन्थ्यो। खल्तीमा पैसा हुँदैनथ्यो, तर रञ्जना हलको एक रुपैयाँको टिकट काटेर फिल्म हेर्ने र सिसाको बोतलभरि रङ्गीन गुच्चा भर्ने मेरो सौख भने राजाको जस्तै थियो। म बिस्तारै बाटो बिराउँदै थिएँ। आमाको पसलबाट पैसा चोर्ने, झुट बोल्ने र बरालिने बानी परिसकेको थियो।

Read Article
जीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ
2023-09-19

जीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ हिजाे सफल भएर पनि केहि पाइएन

Read Article