Background Image

Cancer Care and Reality

जब जीवनभन्दा सिक्का भारी बन्छ: क्यान्सर र अदृश्य व्यापार | बिक्रम न्यौपाने
2026-10-12

आखिर व्यापार भनेको के हो? व्यापार भनेकै नाफाको खेल हो। बजारमा सय रुपैयाँ पर्ने ताजा फलफूललाई छाडेर अलिकति बिग्रेको, बासी सामान पचास रुपैयाँमा किनेर कसैले घर ल्याउँछ र आफूलाई पचास रुपैयाँ फाइदा भएको ठान्छ भने— के त्यो व्यापार होइन? स्वास्थ्यको मूल्यमा गरिएको त्यस्तो नाफा अन्ततः जीवनकै घाटा बनिदिन्छ। यदि मेरो यो अभियानलाई पनि कसैले व्यापार नै देख्छ भने, म गर्वसाथ स्वीकार्छु— हो, म पनि यहाँ एउटा व्यापार गरिरहेको छु! तर मेरो नाफा पैसा होइन; मेरो नाफा त क्यान्सरको चक्रव्यूहमा फसेका परिवारहरूलाई यसका मानसिक, पारिवारिक, सामाजिक, आर्थिक र वैज्ञानिक पाटोहरूबारे सुसूचित गराउनु हो। मेरो यो अक्षर-यात्राले यदि एउटै मात्र परिवारलाई पनि अज्ञानताको खाडलमा खस्नबाट जोगाउन सक्यो भने, त्यही नै मेरो जीवनको सबैभन्दा ठूलो नाफा हुनेछ। आज यही शृङ्खलालाई म अलिक फरक कोणबाट, अझ गहिरो गरी खोतल्ने प्रयास गर्दैछु।

Read Article
क्यान्सर: भ्रम, यथार्थ र जीवनरेखा — सामाजिक गल्ती, औषधिको अनुशासन र बाँच्ने जिजीविषा
2026-10-08

हाम्रो समाजमा सहानुभूति बाँड्न आउनेहरू प्रायः अनपेक्षित मनोवैज्ञानिक विष घोलेर जान्छन्। बिरामीको ओछ्यान छेउ बसेर— "फलानाकी सासूलाई पनि यस्तै भएको थियो, तीन महिना पनि टिकिनन्" भन्दै विगतका शोकगीत सुनाउने ज्ञानीहरूको यहाँ कुनै कमी छैन।

Read Article
जीवन रक्षाको क्रन्दन र स्वास्थ्य माफियाको चक्रव्यूह | बिक्रम न्यौपाने
2026-10-07

यो देशमा क्यान्सर लागेपछि मान्छे मर्छ भन्ने यस्तो भयावह भाष्य स्थापित गरिएको छ कि, अस्पतालको चरम लापर्बाहीले बिरामी ढल्दा पनि परिवारले न्याय खोज्ने आँट गर्दैन। सर्वस्व गुमाएर रित्तो भएको परिवारले आफ्नै मान्छेको लास बुझ्दा बरु एउटा अनौठो त्राण महसुस गर्छ। यो सामान्य मृत्यु होइन, यो लापर्बाहीको बर्बर शृङ्खलाले घटाएको योजनाबद्ध हत्या हो!

Read Article
क्यान्सर उपचारको चक्रव्यूह: बिरामी कसरी लुटिन्छन् र बच्ने उपाय (एक केयरटेकरको प्रत्यक्ष भोगाइ)
2026-10-05

क्यान्सर— केवल एउटा रोग मात्र होइन, यो मन, आत्मा र सम्बन्धको महासागरमा उठ्ने यस्तो आँधी हो, जसले सबैभन्दा दह्रो मान्छेको जग पनि हल्लाइदिन्छ। नेपालका गल्लीहरू हुन् वा भारतका विशाल अस्पतालका प्राङ्गण, जब आफ्ना प्रियजनको जीवन बचाउन हामी डाक्टरका हातलाई ईश्वरको हात ठानेर पुज्न पुग्छौं, त्यति नै बेला हामीले बिर्सनु हुँदैन— त्यो मानवीय ईश्वरताभित्र बजारको एउटा अजङ्गको दाँत पनि लुकेको हुन्छ।

Read Article
दिल्लीको 'राजीव गान्धी' मा क्यान्सर उपचार गराउँदा कति लाग्छ खर्च? सम्पूर्ण व्यावहारिक अनुभव
2026-10-04

जीवनको कुनै अप्रत्याशित मोडमा जब क्यान्सरजस्तो अनपेक्षित हुरी बज्रिन्छ, तब मानिसको भित्री संसार एकैपटक हल्लिन्छ। मेरो आसय आफ्नै देशको माटो छाडेर भारत नै कुद्नुपर्छ भन्ने किमार्थ होइन, तर नियति र परिस्थितिले जब सीमापारिको बाटो रोज्न बाध्य पार्छ, तब मनमा अनेक डर, संकोच र अन्योलका बादल मडारिनु स्वाभाविक हो। पराई देश, नौलो परिवेश र रोगको भारी—यी सबैका बीच जब

Read Article
जब कुरुवा आफैँ 'आधा डाक्टर' बन्छ: क्यान्सर यात्राको एउटा जीवन्त भोगाइ
2026-06-25

अचानक आइलागेको क्यान्सरको आँधी, उपचारका क्रममा भोगिएका मेडिकलका त्रुटिहरू, अन्धविश्वासको खेती गर्ने जडीबुटी व्यापारीहरूको 'लुटको धन्दा' र चिकित्सा विज्ञानको वास्तविक शक्तिबारे मेरो आफ्नै जीवनको भोगाइ। यदि तपाईंको परिवारमा पनि कोही बिरामी हुनुहुन्छ भने, कुरुवा (Caregiver) ले भुल्नै नहुने यी संवेदनशील कुराहरू अवश्य पढ्नुहोला।

Read Article
क्यान्सरको पीडा र भ्रमको खेती
2026-06-25

निष्कर्ष: हाम्रो पुरातन ज्ञान, इतिहास र आस्थालाई हामीले नकार्नु हुँदैन, किनकि यसले हामीलाई बलियो आत्मबल दिन्छ। तर, विश्वासले सही बाटो देखाउने मात्र हो, वास्तविक उपचार त विज्ञानले नै गर्ने हो।

Read Article
क्यान्सर जित्ने मन्त्र: आत्मबल, सजगता र सही उपचार विधि | Cancer Awareness
2026-06-14

क्यान्सरको उपचार एउटा समूहको प्रयास (Team Work) हो, जहाँ सर्जन, मेडिकल अंकोलोजिस्ट र रेडिओलोजिस्टको समन्वय हुनुपर्छ। उपचार गर्ने शल्यचिकित्सक (Surgeon) को अनुभव र नेपाल मेडिकल काउन्सिल (NMC) नम्बर सहित उनको पृष्ठभूमिबारे आवश्यक अध्ययन गर्नु बिरामीको अधिकार हो।​अस्पतालभित्रै औषधिको सहज व्यवस्थापन हुनुपर्छ ताकि आफन्तले औषधि खोज्दै भौंतारिनु नपरोस्। यदि कुनै चिकित्सकले 'अस्पतालमा औषधि महँगो छ, बाहिरबाट किन्नुस्' भन्छन् भने तत्काल अस्पताल प्रशासनमा उजुरी गर्नुपर्छ। बाहिर जथाभाभी बेचिने औषधिमा कमिसनको खेल हुन सक्छ र त्यो नक्कली (Duplicate) हुने जोखिम समेत रहन्छ। त्यसैले औषधि मान्यताप्राप्त र अनुमतिप्राप्त मात्रै प्रयोग गर्नुपर्छ। कुनै एउटा अस्पतालको व्यवस्था राम्रो लाग्यो भन्दैमा हतारिनु हुँदैन; दोस्रो अस्पतालमा पनि 'क्रस चेक' गरेर अनुमानित लागतको तुलना गर्नु बुद्धिमानी हुन्छ।

Read Article
क्यान्सरसँगको सङ्घर्ष र जीवनको आधुनिक रामायण
2026-06-10

हाम्रै परिवारलाई किन क्यान्सर भयो? मैले त्यस्तो के पाप गरेको थिएँ? यदि यो पूर्वजन्मको फल हो भने, पूर्वजन्ममा पनि मैले के कस्तो महापाप गरेको थिएँ? पछिल्लो समय यी प्रश्नहरूले मेरो मस्तिष्कलाई बारम्बार गिजोलिरहन्थे। तर, यसको सबै निवारण र चित्तबुझ्दो उत्तर अन्ततः रामायणले नै दियो।

Read Article
Cancer Can Shake Us, But It Cannot Break Us: A Caregiver's Journey and Awareness Diary
2026-06-06

विश्व बजारबाट क्यान्सरको नाममा चलिरहेको माफियातन्त्रलाई चटक्कै तहस-नहस पारिदिने हो भने सिङ्गो संसारमा एउटा ठूलो आर्थिक मन्दी छाउनेछ। किनकि आज यो संसारमा तेल बेच्नेले पनि 'यो क्यान्सर रोगीले खाने तेल' भन्दै बेचेको छ, खाट बेच्नेले 'यो क्यान्सर बिरामीका लागि अति उपयोगी खाट' भन्दै व्यापार गरेको छ, र लुगा बेच्नेले समेत 'यो क्यान्सर प्रतिरोधी कपडा' भनेर बजार पिटेको छ। अब त केवल यति मात्र बाँकी होला— यो ठाउँको जग्गा किनेर बस्नुहोस्, यहाँको हावाले क्यान्सर निको पार्छ भन्न मात्र बाँकी छ!"

Read Article